यो पटकको निर्वाचन सामान्य अवस्थाको निर्वाचन होइन : प्रचण्ड

spot_img

काठमाडौं,२१ माघ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन कुनै पनि हालतमा नसर्ने स्पष्ट पारेकाे छ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिए । कतिपय मानिसहरूले अझै पनि चुनाव हुनेमा आशङ्का व्यक्त गरिरहेको तर्फ सङ्केत गर्दै उनले त्यस्ता भ्रममा नपर्न र निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरे ।

सम्बोधनका क्रममा संयोजक प्रचण्डले सरकारलाई निर्वाचन दुई चरणमा नगर्न सुझाव समेत दिएकाे छ। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि एकै चरणमा सम्पन्न गर्नु उपयुक्त हुने तर्क अघि सारे । “यो पटकको निर्वाचन सामान्य अवस्थाको निर्वाचन होइन, यो असाधारण परिस्थितिमा हुन लागेको छ,” प्रचण्डले भने, “त्यसैले यसलाई राष्ट्र र जनताको हितमा हुने गरी सही ढङ्गले सम्पन्न गर्नु हाम्रो मुख्य जिम्मेवारी हो।”

निर्वाचनको परिणामबारे चर्चा गर्दै उनले यदि निर्वाचन पूर्ण रूपमा निष्पक्ष र स्वच्छ भयो भने नेकपाले निकै राम्रो नतिजा ल्याउने दाबी गरे । निर्वाचनलाई एउटा उत्सवका रूपमा लिँदै यसले देशलाई नयाँ दिशा दिने उनको विश्वास थियो। कार्यक्रममा उनले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जनताको घरदैलोमा जान र निर्वाचनको वातावरण बनाउन समेत निर्देशन दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय