सुनसरीमा २८ हजार रुपैयाँ बराबर नक्कली नोटसहित युवक पक्राउ

spot_img

इनरुवा,२२ माघ । सुनसरीको हरिनगरा गाउँपालिकाबाट प्रहरीले २८ हजार रुपैयाँ बराबर नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सुनसरीकै इनरुवा नगरपालिका वडा नं. १० बस्ने २५ वर्षीय बहिस मियाँ हुन्।

प्रहरीका अनुसार, बिहीबार राति करिब ८ बजे हरिनगरा गाउँपालिका वडा नं. १ स्थित एउटा किराना पसलमा सामान खरिद गर्ने क्रममा मियाँले नक्कली नोट दिएको सूचना प्राप्त भयो। सूचना पाउने बित्तिकै प्रहरी चौकी रामनगर भुटाहाबाट टोली घटनास्थलमा पुग्यो।

प्रहरीले मियाँलाई नियन्त्रणमा लिँदा उनको साथबाट १ हजार रुपैयाँ दरका २८ थान नक्कली नोट बरामद गरिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले बरामद नोटहरू जाली (नक्कली) भएको पुष्टि गरेको छ।

पक्राउ परेका मियाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। उनीमाथि मुद्रा सम्बन्धी कसुर (खोटा चलन) अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ। साथै, प्रहरीले यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता छ कि छैन भन्ने बारे पनि अनुसन्धान जारी राखेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय