spot_img

सीमावर्ती बजारबाट अवैध हतियारसहित एकजना पक्राउ

spot_img
spot_img

रौतहट,२३ माघ । नेपाल–भारत सीमासँग जोडिएको भारतीय बजार बैरगनिया नजिक गुवावारी घाटबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरिएको छ। भारतको सीमा सुरक्षा बल (एसएसबी) र कुन्डवा चैनपुर प्रहरीको संयुक्त कारबाहीमा उनलाई नियन्त्रणमा लिइएको हो।

एसएसबीका अनुसार नियमित जाँच र गोप्य सूचनाको आधारमा पल्सर मोटरसाइकलमा सवार ३६ वर्षीय मोहम्मद इम्तियाजलाई रोकी जाँच गर्दा दुई थान घरेलु पेस्तोल र चार थान जिउँदो गोली बरामद भएको छ। इम्तियाज भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको कुन्डवा चैनपुरका बासिन्दा हुन् र लामो समयदेखि सीमावर्ती क्षेत्रमा अवैध गतिविधिमा संलग्न रहेको आशंका छ।

एसएसबी निरीक्षक आलोक कुमारको नेतृत्वमा बिहीबार राति फुलवरिया घाट नजिकै विशेष कारबाही गरिएको थियो। सुरक्षाकर्मीहरूले हतियार ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन थप अनुसन्धान सुरु गरेको जनाइएको छ। चुनावी समय नजिकिँदै गर्दा नेपाल–भारत सीमामा आवतजावत गर्ने नागरिकहरूमा सुरक्षाकर्मीहरूले कडा निगरानी सुरु गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय