spot_img

चाल्नाखेलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

spot_img
spot_img

काठमाडौँ,२३ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले चाल्नाखेलबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका एक अधिकृतले पक्राउको पुष्टि गरेका छन्, तर उनीमाथि लगाइएका अभियोगबारे विवरण खुलाइएको छैन।

प्रसाईं सार्वजनिक अभियान “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान”का संयोजक समेत रहेका छन्। उनी गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए। प्रहरीले माघ ५ गते पोखराबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको थियो, र यसअघि उनी सार्वजनिक शान्ति विरुद्धको कसुरमा संलग्न भएको आरोपमा हिरासतमा थिए।

त्यसैगरी, प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको सार्वजनिक अभिव्यक्तिहरू दिएका थिए। आयोगले उक्त विषयमा अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय