spot_img

जितपुरसिमरामा अज्ञात पुरुष मृत अवस्थामा फेला

spot_img
spot_img

बीरगन्ज,२३ माघ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित कृषि अनुसन्धान कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

आज बिहान कार्यालय पछाडितर्फ रहेको खोलानजिक शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया लैजाने तयारी भइरहेको छ। घटनाबारे प्रारम्भिक अनुसन्धान जारी रहेको र मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय