५० अर्ब रुपैयाँ संकलनका लागि राष्ट्र बैंकको विशेष निक्षेप योजना

spot_img

काठमाडौं,२५ माघ । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ। यसका लागि केन्द्रीय बैंकले ४२ दिनको अवधिको विशेष निक्षेप उपकरण जारी गरेको हो, जसको भुक्तानी आगामी चैत ८ गते हुने छ।

बैंक तथा वित्तीय संस्थाहरूले प्रणालीमा रहेको निष्क्रिय रकम राष्ट्र बैंकमा राख्नका लागि आज अनलाइनमार्फत बोलपत्र पेस गर्नुपर्नेछ। आवेदन दिन चाहने बैंकहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्मको लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।

ब्याजदर बोलकबोल प्रणालीअनुसार तय हुने छ, जसमा कम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई प्राथमिकता दिइने छ। राष्ट्र बैंकले यस उपकरणमार्फत संकलित रकमलाई अनिवार्य नगद मौज्दातको रूपमा गणना नगर्ने स्पष्ट पारेको छ।

केन्द्रीय बैंकले समय-समयमा यस्तो मौद्रिक उपकरण प्रयोग गर्दै बजारमा तरलता अत्यधिक बढेर ब्याजदरमा अस्वाभाविक गिरावट नआओस् भनेर व्यवस्था गर्दै आएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय