सप्तरीमा स्रोत नखुलेको १३ लाखसहित १ जना पक्राउ

spot_img

सप्तरी,२६ माघ । सप्तरीको बलानबिहुल गाउँपालिकाबाट स्रोत नखुलेको नगद रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ का २३ वर्षीय हरिशंकर कुमार साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार बेल्ही–चन्ही सडक खण्डमा जाँचका क्रममा प्र०२–०१–००२प ४४८१ नम्बरको मोटरसाइकलमा सवार साहलाई नियन्त्रणमा लिइएको हो। उनले मोटरसाइकलको फिल्टर बक्स र हेलमेटभित्र लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा एक हजार र पाँच सय दरका नोट गरी जम्मा १३ लाख रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

स्रोत खुलाउन नसकेपछि साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भारतीय सीमासँग जोडिएको उक्त क्षेत्रमा पछिल्लो समय हुण्डी तथा लागुऔषध कारोबार बढ्दै गएको सूचनाका आधारमा प्रहरी निगरानी समेत कडा बनाइएको बताएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय