जनकपुरमा यौनिक अल्पसंख्यकको शव फेला

spot_img

जनकपुर,२८ माघ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ तेतरियामा सडक छेउमा एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला परेको छ। धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार शव घाँटी कसेको अवस्थामा भेटिएको छ। घटनास्थल र शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

प्रहरीले घटनास्थल वरिपरि चप्पल र झोला भेटेको जानकारी दिएका छन्। प्रहरी टोली तत्काल घटनास्थल पुगेको र अनुसन्धान प्रक्रिया सुरु गरेको छ। साथै, प्रहरीले स्थानीयबासीलाई शंका लाग्ने व्यक्तिहरूको जानकारी दिन आग्रह गरेको छ। घटनाको विस्तृत विवरण र अनुसन्धानको प्रगति पछि सार्वजनिक गरिने जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय