spot_img

बाराको फेटा बजारबाट उम्मेदवार सन्जु साहको घरदैलो अभियान जारी

spot_img
spot_img

वीरगन्ज,०१ फागुन । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का उम्मेदवार सन्जु साहले बारा क्षेत्र नं. ४ अन्तर्गत फेटा बजारबाट आफ्नो चुनावी घरदैलो अभियान औपचारिकरूपमा सुरु गरेका छन्।

उम्मेदवार साहले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी र क्षेत्रीय समृद्धिलाई प्राथमिकता बनाउँदै आफ्नो एजेण्डा प्रस्तुत गरे। घरदैलो कार्यक्रममा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल स्वयं उपस्थित भई चुनावी कमाण्ड सम्हालेका थिए। उनले कार्यकर्ता र मतदातालाई छाता चुनाव चिन्हमा मतदान गरी सन्जु साहलाई विजयी बनाउने अपिल गरे।

फेटा बजारमा आयोजित जनदर्शन कार्यक्रममा स्थानीयको उल्लेखनीय उपस्थितिले चुनावी माहोल तातिएको देखियो। निर्वाचन नजिकिँदै जाँदा जसपा नेपालको घरदैलो अभियानले थप गति लिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय