spot_img

भारतको झारखण्डमा हात्तीको आक्रमणबाट ११ जनाको मृत्यु

spot_img
spot_img

काठमाडौँ,०४ फागुन । भारतको झारखण्ड राज्यमा पछिल्ला १० दिनमा हात्तीको आक्रमणमा परी ११ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार हजारीबाग जिल्लास्थित चर्चु ब्लकको गोन्डवार गाउँमा गत बिहीबार राति हात्तीको एउटा बथानले आक्रमण गर्दा ६ जनाको मृत्यु भएको छ। घटना अंगो थाना क्षेत्रमा रामगढ-हजारीबाग सीमा नजिकै भएको हो। राति गाउँमा पाँचवटा हात्तीको बथान पसेपछि भागदौड मच्चिएको थियो।

फेब्रुअरी ५ मा सोही राज्यको बोकारो जिल्लाको बड्कीपुनु गाउँमा एकै परिवारका तीन वृद्धवृद्धालाई हात्तीले कुल्चिएको थियो। त्यसको दुई दिनपछि फेब्रुअरी ७ मा गंगपुर गाउँमा अर्को एक परिवारका दुईजनाको मृत्यु भएको थियो।

इन्डियन एक्सप्रेसका अनुसार वन विभागको टोलीले माइकिङमार्फत मानिसहरूलाई रातिको समयमा घरबाहिर ननिस्कन अपील गरिरहेको छ। हात्तीको बथानलाई जंगलतिर लखेट्ने प्रयास जारी रहेको समाचारमा उल्लेख छ।

spot_img

ताजा अपडेट

लोकप्रिय