कलैयामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते

spot_img

कलैया,०४ फागुन । बाराको कलैयामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

गए राति करिब ८:१५ बजे कलैया उपमहानगरपालिका–१६ उत्तर झिट्कैयास्थित पिलुवा–कलैया सडक खण्डमा उखु लोड गरेको ट्याक्टर र मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कलैया–१२ धर्मनगरका २५ वर्षीय उपेन्द्र मण्डललाई प्रादेशिक अस्पताल कलैया पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलमा सवार अन्य दुई जना, २३ वर्षीय करण चौरसिया र २५ वर्षीय सावन कुमार यादव गम्भीर घाइते भएका छन्। उनीहरूलाई प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय