spot_img

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

spot_img
spot_img

काठमाडौं,०४ फागुन । नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रुपैयाँ मुद्दति निक्षेपका रूपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्ष अवधिका लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा राख्न लागिएको हो।

राष्ट्र बैंकले इच्छुक संस्थाहरूलाई आवेदन आह्वान गर्दै १० फागुन २०८२ बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दरखास्त पेश गर्न सकिने जनाएको छ। कुल रकममध्ये वाणिज्य बैंकका लागि ७ अर्ब ४८ करोड रुपैयाँ, विकास बैंकका लागि १ अर्ब ४० करोड २५ लाख रुपैयाँ तथा राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि ४६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

मुद्दति निक्षेप प्राप्त गर्न चाहने संस्थाहरूका लागि राष्ट्र बैंकले विभिन्न योग्यता तथा शर्त तोकेको छ। कुल निक्षेपको ८ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) भएका संस्था अयोग्य ठहरिनेछन्। साथै सम्बन्धित संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको र राष्ट्र बैंकले निर्धारण गरेको तरलता मापदण्ड पूरा गरेको हुनुपर्नेछ।

त्यसैगरी कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको, पछिल्लो आर्थिक वर्षमा खुद नाफामा रहेको तथा शिघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने प्रावधान राखिएको छ। समस्याग्रस्त घोषणा नभएको वा घोषणा भएको भए फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने शर्त पनि लागू हुने जनाइएको छ।

राष्ट्र बैंकको यस निर्णयले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा सहयोग पुग्ने तथा कोषको रकम प्रभावकारी रूपमा परिचालन हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय