spot_img

ट्रम्पद्वारा गाजाका लागि पाँच अर्ब डलर सहायता दिने प्रतिबद्धता

spot_img
spot_img

काठमाडाै,०४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले गाजामा मानवीय सहायता र पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत फेब्रुअरी १९, २०२६ मा नव गठित शान्ति बोर्डका सदस्य राष्ट्रसँग भेटघाट गर्दै गाजामा सहयोग गर्ने घोषणा गर्ने जनाएका छन्। यस बोर्डमा सदस्य राष्ट्रहरूले मानवीय प्रयास र गाजाको पुनर्निर्माणमा योगदान गर्ने प्रतिज्ञा गर्ने योजना रहेको छ।

उनले गाजामा सुरक्षा कायम गर्न अन्तर्राष्ट्रिय स्थिरीकरण बल (ISF) र स्थानीय प्रहरीमा हजारौं कर्मचारी नियुक्त गरिएको जानकारी पनि दिएका छन्। ट्रम्पले यस पहललाई गाजाको भविष्यका लागि निर्णायक कदम भएको बताए।

न्युयोर्क टाइम्सका अनुसार, यसअघि अमेरिकाले गाजामा शान्ति बोर्ड स्थापनाका लागि एक अर्ब डलरभन्दा बढी रकम दिने वाचा गरिसकेको थियो। जनवरी २२ मा सुरु गरिएको बोर्डमा अहिलेसम्म २० भन्दा बढी देश सामेल भइसकेका छन्। शान्ति बोर्डको स्थापना चार्टर स्विजरल्याण्डको डाभोस मा विश्व आर्थिक फोरमको समारोहमा हस्ताक्षर गरिएको थियो।

अमेरिकी प्रशासनका अनुसार, प्रदान गरिने कोषको मुख्य हिस्सा गाजामा मानवीय परियोजना र अन्तर्राष्ट्रिय स्थिरीकरण बलको समर्थनमा प्रयोग हुनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय