spot_img

भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दागर्दै पक्राउ

spot_img
spot_img

बारा,०५ फागुन । मकवानपुरको भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा पुनः चोरी गर्दै गर्दा पक्राउ परेका छन्।

बाराको प्रसौनी गाउँपालिका वडा नं. १ का २६ वर्षीय विशाल मुखियालाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले फागुन ४ गते रंगेहात पक्राउ गरेको हो। उनी प्रसौनीस्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गरिरहेका अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार, मुखिया यसअघि नै गम्भीर अपराधमा सजाय काटिरहेका व्यक्ति हुन्। मकवानपुर जिल्ला अदालतले उनलाई किर्ते र डाका मुद्दामा ५ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो। सोही सजाय भुक्तानका लागि भीमफेदी कारागारमा रहेकै बेला २०८२ भदौ २४ गते कारागार तोडेर फरार भएका थिए।

लामो समय प्रहरीको खोजीमा रहेका मुखिया पुनः चोरी कार्यमा संलग्न भएको फेला परेकोले बारा जिल्ला अदालतले उनलाई चोरी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार, फरार कैदीले पुनः अपराध गरेको देखिएकाले थप कानुनी प्रक्रिया अघि बढाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय