spot_img

पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

spot_img
spot_img

काठमाडौं,०६ फागुन । काठमाडौंको पशुपति क्षेत्र शिवरात्री ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको ठुल्दमार घर भई काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापा का अनुसार, श्रेष्ठले प्रहरीलाई लात्तीले छातीमा हानेर आक्रमण गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो, तर लामो समयसम्म आक्रमण गर्ने युवकको पहिचान खुलेको थिएन।

प्रहरीले मंगलबार नागरिकसँग सहयोग माग्दै सूचना जारी गरेका थिए, जसपछि रिजन श्रेष्ठको पहिचान भई उनलाई पक्राउ गर्न सफलता हासिल भएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय