पर्सागढीमा एमाले बलियो, रामजी साहको नेतृत्वमा सयौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश

spot_img

बीरगन्ज,०७ फागुन । पर्सागढी नगरपालिकामा नेकपा एमालेको प्रभाव झनै मजबुत बन्दै गएको छ। बुधबार वडा नम्बर–७ रघुनाथपुरमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्व वडा अध्यक्ष रामजी साह तेलीको नेतृत्वमा सयौँ नेता र कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्।

कार्यक्रममा पर्सागढी–८ हरपुरका नेता सुनिलदत्त महतो, रामजन्म चौधरी, र पर्सागढी–९ बडेर्वाका जसपा नेता तथा वडासदस्य हृदयानरायण गौरो पनि प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादव, एमाले केन्द्रीय सदस्य विजय सरावगी र समानुपातिक उम्मेदवार बिचारी यादव लगायतले फूलमाला र गम्छा ओढाएर स्वागत गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै रिमा कुमारी यादवले एमाले जनताको विश्वास जितेको पार्टी भएको र विकास, रोजगारी तथा स्थायित्वका लागि पार्टीलाई अझ बलियो बनाउन सबैलाई आग्रह गरे। उनले नवप्रवेशीहरूको सम्मान गर्दै क्षमताअनुसार जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा गोकर्ण पाठक, बहुदरामाई नगरपालिकाका मेयर सिंहासन साह तेली, पूर्व वडा अध्यक्ष असलम अंसारी, मधेश प्रदेश सचिव मनोज पौडेल, प्रदेशसभा सदस्य देवनारायण चौधरी र युवा नेता लियाकत अली लगायतको सहभागिता रहेको थियो।

नेताहरूले पर्सागढीमा एमालेप्रति जनसमर्थन बढ्दै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा थप मत ल्याउने विश्वास व्यक्त गरेका छन्। नवप्रवेशीहरूले पनि पार्टीको नीति, कार्यक्रम र विकासमुखी योजनाबाट प्रभावित भएर एमालेमा समाहित भएको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय