सर्लाही–३ का जसपा उम्मेदवारमाथि दुर्व्यवहार, होटल व्यवसायी पक्राउ

spot_img

सर्लाही,०७ फागुन । सर्लाही–३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार डा. जेपी यादवमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले होटल व्यवसायी प्रशान्त वाइवाललाई पक्राउ गरेको छ।

उम्मेदवार यादव चुनाव प्रचारको क्रममा बागमती नगरपालिकाको बागमती चोक पुगेका थिए। उनी आफ्ना कार्यकर्तासँग होटलमा खाजा खाइरहेका बेला वाइवालाले ‘मधेसी’ भन्दै अपमानजनक शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको यादवले बताए। यादवका अनुसार वाइवाले गालीगलौज मात्र नभई हातपातसमेत गरेका थिए।

घटनापछि यादवले तत्कालै प्रहरीलाई जानकारी दिए, र प्रहरी टोलीले घटनास्थलबाटै वाइवालालाई नियन्त्रणमा लिएको थियो। सर्लाहीका डिएसपी सरोज राईले मौखिक उजुरीका आधारमा वाइवालालाई हरिवन प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान जारी रहेको जानकारी दिए।

हालसम्म लिखित उजुरी नआए पनि वाइवालामाथि सोधपुछ र थप अनुसन्धान भइरहेको छ। यस घटनाप्रति आफ्नो धारणा सार्वजनिक गर्न डा. जेपी यादवले आज दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।

यस घटनाले निर्वाचनको मुखमा स्थानीय राजनीति तनावग्रस्त बनेको छ र उम्मेदवारमाथि हुने सुरक्षा तथा सम्मानको सवाललाई समेत ध्यानमा ल्याएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय