spot_img

बारा–३ लाई विकास र सुशासनको नमुना बनाउने ई. अरविन्द साहको प्रतिवद्धता

spot_img
spot_img

बारा,०८ फागुन । बारा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ई. अरविन्द साहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनले विकास, सुशासन र जनजीवन सुधारलाई मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज कलैया उपमहानगरपालिका–१८ मोतिसरमा आयोजित घरदैलो कार्यक्रम तथा भेटघाटमा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति देखिएको थियो। साहले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पारदर्शी शासन आफ्नो मुख्य एजेन्डा भएको बताएका थिए।

कार्यक्रमका क्रममा स्थानीयले टीका, खादा र फूलमालासहित उम्मेदवार साहलाई स्वागत गरेका थिए। युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिताले चुनावी माहोल उत्साहजनक बनेको देखिएको थियो। मतदाताले परिवर्तनको अपेक्षासहित रास्वपाको चुनाव चिन्ह ‘घण्टी’प्रति समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

संक्षिप्त सम्बोधनमा साहले भने, “हाम्रो राजनीति सत्ताका लागि होइन, जनताको जीवनस्तर सुधारका लागि हो। क्षेत्र नम्बर ३ लाई विकास, पारदर्शिता र सुशासनको उदाहरण बनाउने गरी काम गर्नेछु।”

रास्वपाका केन्द्रीय परिषद् सदस्य डा. सुशिल साहले पनि क्षेत्रमा पार्टीप्रति जनआकर्षण बढ्दै गएको र उम्मेदवार साहप्रति सकारात्मक माहोल सिर्जना भएको दाबी गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा मोतिसरसहित विभिन्न वडामा देखिएको जनसहभागिता र समर्थनले बारा–३ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको स्थानीय राजनीतिक वृत्तले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय