सप्तरी,०९ फागुन । सप्तरी निर्वाचन क्षेत्र–२, महदेवा गाउँपालिका–५, भगवतपुर चोकमा नेकपा एमालेको चुनावी झण्डा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा महदेवा गाउँपालिका–५ का २५ वर्षीय हरिनारायण मण्डल रहेका छन्। स्रोतका अनुसार मण्डल निर्वाचन प्रहरीमा कार्यरत व्यक्ति हुन्।
जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी डम्बरबहादुर पुरी ले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। प्रहरीले पत्रकार सम्मेलनमार्फत थप जानकारी उपलब्ध गराउने पनि जनाइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनास्थलमा सुरक्षा उल्लङ्घन भएको पुष्टि गरेपछि राष्ट्रिय निर्वाचन आयोग र स्थानीय प्रशासनसँग समन्वय गर्दै कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

