spot_img

राैतहट–१ का उम्मेदवार मदन शाह काे हुन ?

spot_img
spot_img

राैतहट,१२ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट मदन शाह उम्मेदवार बनेका छन्। उनी राप्रपाको प्रतिनिधित्व गर्दै हलो चुनाव चिन्हसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

निर्वाचन आयोगमा पेश गरिएको उम्मेदवारको वैयक्तिक विवरणअनुसार ५४ वर्षीय शाह रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका स्थायी बासिन्दा हुन्। उनका बुबाको नाम महाराज शाह र श्रीमतीको नाम रञ्जिता खड्का शाह रहेको छ।

शैक्षिक योग्यता अनुसार उनले स्नातक (बी.ए.) तह उत्तीर्ण गरेका छन्। शाह लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिँदै शाहले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माण, जनताको हित संरक्षण तथा सुशासन कायम गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।

रौतहट–१ मा विभिन्न राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय