काठमाडौं,१४ वैशाख । विद्यार्थी संगठन खारेजीको निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठनले आज पाटन संयुक्त क्याम्पसमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले शङ्खघोष र शान्ति स्वस्तिवाचन गर्दै सरकारको निर्णयको विरोध जनाएका थिए। उनीहरूले विद्यार्थी संगठन खारेजीको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
विद्यार्थी नेताहरूले वर्तमान सरकारले निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। साथै, सीमामा १०० रुपैयाँका सामग्रीमा समेत भन्सार लगाइएको भन्दै त्यसको पनि विरोध गरिएको छ।
उनीहरूले सरकारको नीति विद्यार्थी र सर्वसाधारणको हितविपरीत भएको आरोप लगाउँदै निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।

