भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन

spot_img

काठमाडौँ,१४ वैशाख । नेपाली कांग्रेसले संसदीय दलको नयाँ नेता सर्वसम्मत रूपमा चयन गरेको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक सांसद आङ्देम्बेलाई दलको नेतृत्व दिने सहमति जुटेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए।

यसअघि दलको नेताका लागि तीन जना नेताबीच दाबी भएपछि पार्टीभित्र सहमति खोज्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा महामन्त्रीहरू सम्मिलित समिति गठन गरिएको थियो। सोही समितिको सिफारिसका आधारमा सर्वसम्मति गरिएको बताइएको छ।

कांग्रेसले आजै बस्ने संसदीय दलको बैठकमार्फत आङ्देम्बेको नाम औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरेको छ।

विसं २०६४ यता पहिलो पटक कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन भएको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय