काे हुन राैतहट–१ का उम्मेदवार योगेन्द्र राय यादव ?

spot_img

राैतहट,१२ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट योगेन्द्र राय यादव उम्मेदवार बनेका छन्। उनी जसपा नेपालको प्रतिनिधित्व गर्दै ढल्केको छाता चुनाव चिन्हसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

निर्वाचन आयोगमा पेश गरिएको उम्मेदवारको वैयक्तिक विवरणअनुसार ४८ वर्षीय यादव रौतहट जिल्लाको राजदेवी नगरपालिका–झुनखुनवाका स्थायी बासिन्दा हुन्। उनका बुबाको नाम शिव नारायण राय यादव र श्रीमतीको नाम ओनिता यादव रहेको छ।

शैक्षिक योग्यता अनुसार उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका छन्। साथै, उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भई महत्वपूर्ण राजनीतिक अनुभव हासिल गरिसकेका छन्।

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिँदै यादवले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माण, जनताको अधिकार संरक्षण तथा समावेशी र समृद्ध समाज निर्माणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रौतहट–१ मा विभिन्न राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय