महोत्तरी–२ का उम्मेदवार दीपककुमार साह काे हुन ?

spot_img

महोत्तरी,१५ फागुन । महोत्तरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपककुमार साह प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् । २०४७ साल चैत १० गते महोत्तरीमा जन्मिएका ३३ वर्षीय साहको महोत्तरी गाउँपालिका नै स्थायी ठेगाना हो । आफ्नो जन्मस्थान र जिल्लाको समस्यालाई नजिकबाट बुझेका साह स्थानीय माटोसँग भिजेका उम्मेदवार मानिन्छन् ।

राजनीतिमा परिवर्तन र सुशासनको एजेन्डा लिएर मैदानमा उत्रिएका साहको पृष्ठभूमि व्यावसायिक र प्राज्ञिक रूपमा निकै सबल देखिन्छ । उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गरेका छन् ।

राजनीतिमा पूर्णकालीन हुनुअघि साहले स्वास्थ्य र विकासको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अनुभव सँगालेका छन् । उनले विश्व स्वास्थ्य संगठन र एफएचआई ३६० जस्ता ख्यातिप्राप्त संस्थाहरूमा काम गरिसकेका छन् ।

रास्वपाबाट चुनावी मैदानमा होमिएका साहले विशेषगरी स्वास्थ्य सेवामा सुधार, युवा स्वरोजगार र भ्रष्टाचार मुक्त प्रशासनलाई प्राथमिकतामा राखेका छन् । एउटा दक्ष विज्ञ राजनीतिमा आउनुपर्छ भन्ने मान्यतालाई उनले आत्मसात गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय