spot_img

महोत्तरी–३ का उम्मेदवार बजरंग नेपाली काे हुन ?

spot_img
spot_img

महोत्तरी,१५ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका तर्फबाट बजरंग नेपाली उम्मेदवार बनेका छन्।

५९ वर्षीय नेपाली महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–चौरिया निवासी हुन्। उनी महोत्तरीकै स्थायी बासिन्दा रहेका छन्। उनका पिता गणेश तिवारी नेपाली हुन् भने पत्नीको नाम नायडु कुमारी नेपाली रहेको छ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएका नेपाली लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन्। निर्वाचन आयोगमा दर्ता विवरणअनुसार उनी कांग्रेसका आधिकारिक उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

महोत्तरी–३ मा यसपटकको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदाता भेटघाट तथा प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय