बेनी हाईड्रोपावरले चैत १ देखि आईपीओ निष्कासन सुरु गर्ने

spot_img

काठमाडौं,१५ फागुन  । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० जारी गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्ड बाट जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

जारी गरिने कुल शेयरमध्ये १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको छ । जसमध्ये सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं। २, ३ र ४ का अति प्रभावित क्षेत्रका स्थायी बासिन्दालाई ५ लाख २० हजार कित्ता ९५० प्रतिशत०, वडा नं.५, ६, ७ र ११ का प्रभावित क्षेत्रका बासिन्दालाई ३ लाख १२ हजार कित्ता ९३० प्रतिशत० तथा बाँकी अन्य क्षेत्रका स्थायी बासिन्दालाई २ लाख ८ हजार कित्ता (२० प्रतिशत) शेयर निष्कासन गरिनेछ ।

स्थानीयलाई बाँडफाँड गरिसकेपछि सर्वसाधारणतर्फको १० लाख ४० हजार कित्तामध्ये १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक निष्कासन गरिने कम्पनीले जनाएको छ । यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको सेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय