spot_img

सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट

spot_img
spot_img

काठमाडौं,१७ फागुन । सुपर खुदी हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आइतबार बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले औपचारिक कार्यक्रममार्फत सेयर बाँडफाँट सम्पन्न गरेको जनाएको छ।

कम्पनीले फागुन ५ देखि ११ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५०० कित्ता सेयर निष्कासन गरेको थियो। क्यापिटलका अनुसार २५ लाख ८० हजार ४७० योग्य आवेदन स्वीकृत भएका थिए। माग अत्यधिक भएपछि गोलाप्रथाबाट १ लाख २८ हजार ६५० जनाले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को वेबसाइटमार्फत हेर्न सकिनेछ।

कम्पनीले लमजुङ जिल्लामा २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ। उक्त आयोजनाको प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको बताइएको छ भने साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष अनुमान गरिएको छ।

असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा र प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४५ पैसा रहेको छ। कम्पनीले ४६ करोड ५३ लाख रुपैयाँ सञ्चित नाफा गरेको जनाएको छ। केयर रेटिङ नेपालबाट कम्पनीले ‘बीबी’ रेटिङ प्राप्त गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय