spot_img

इजरायलसँगको संयुक्त हमलामा इरानी नेतृत्वमा ठूलो क्षति : ट्रम्प

spot_img
spot_img

काठमाडौं,१७ फागुन । डोनाल्ड ट्रम्पले इजरायलसँगको संयुक्त कारबाहीका क्रममा इरानका उच्च तहका नेतृत्वमाथि गरिएको हमलामा “धेरै मारिएको” दाबी गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एबीसी न्यूजसँगको कुराकानीमा ट्रम्पले हमलालाई “निकै शक्तिशाली” भएको उल्लेख गर्दै विस्तृत विवरण भने अझै पूर्ण रूपमा स्पष्ट नभएको बताएका हुन्।

उनीसँग इजरायलसँगको संयुक्त कारबाहीमा इरानका सर्वोच्च नेता पनि मारिएका हुन् कि भन्ने प्रश्न सोधिएको थियो। जवाफमा ट्रम्पले भने, “धेरै हो। कति मारिए भन्ने पूर्ण विवरण हामीसँग छैन, तर ठूलो संख्यामा हताहती भएको विश्वास लिएको छु। यो निकै शक्तिशाली हमला थियो।”

यसैबीच, इरान–इजरायल तनाव थप चर्किने संकेत देखिएको छ। इरानले घटनाबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्मा औपचारिक पत्र पठाएको जनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Al Jazeeraका अनुसार इरानका विदेशमन्त्रीले सुरक्षा परिषद्लाई पठाएको पत्र प्राप्त भएको पुष्टि गरिएको छ।

शनिबार बिहानदेखि निरन्तर भइरहेको आक्रमणका विषयमा दुवै पक्षबीच आरोप–प्रत्यारोपको शृङ्खला जारी रहेको छ। मध्यपूर्वमा बढ्दो तनावले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय