spot_img

१८ वर्षपछि विप्लवले रोल्पाबाट गरे मतदान

spot_img
spot_img

काठमाडौं । विगतमा चुनाव बहिष्कार गर्दै आएको नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन्।

यसपटक उनको पार्टीले निर्वाचनमा भाग लिएपछि उनले मतदान गरेका हुन्। विप्लवले रोल्पाको परिवर्तन गाउँपालिका–३ थुनिकोटस्थित बाल शिक्षा माविको ‘क’ मतदान केन्द्रमा मतदान गरेका हुन्।

मतदानका लागि उनी बुधबार आफ्नो जन्मगाउँ इरिबाङ पुगेका थिए। पछिल्लो समय कपिलवस्तुमा बस्दै आएका उनी चुनावी प्रचारका क्रममा पनि रोल्पा पुगेका थिए।

विप्लवले यसपटक रोल्पाबाट चुनाव लड्ने इच्छा राखेका थिए। तर पार्टी नेतृत्वले यसपटक उनलाई उम्मेदवार नबनाउने नीति लिएपछि उनी चुनावी प्रतिस्पर्धामा नउत्रिएको बताएका छन्।

उनले आफूले १८ वर्षपछि पहिलोपटक मतदान गरेको पनि बताएका छन्। रोल्पा क्षेत्र नम्बर–१ बाट उनको पार्टीका पोलिटब्युरो सदस्य चुडामणि वली चुनावी मैदानमा छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय