काठमाडौं,२५ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना परिणामअनुसार नेकपा एमालेले हालसम्म ८ सिटमा विजय हासिल गरेको छ।
तर सात प्रदेशमध्ये तीन प्रदेश—गण्डकी, बागमती र मधेश—मा एमालेले एक सिट पनि जित्न नसकेको देखिएको छ। ती प्रदेशका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एमालेको उपस्थिति शून्य बनेको छ।
हालसम्म एमालेका तर्फबाट बाँके–२ मा मोहम्मद इस्तियाक राई, इलाम–२ मा सुहाङ नेम्वाङ, दार्चुला–१ मा गणेशसिंह ठगुन्ना, बझाङ–१ मा ऐनबहादुर महर, धनकुटा–१ मा राजेन्द्रकुमार राई, ताप्लेजुङ–१ मा छितिज थेबे, दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेल र अछाम–२ मा यज्ञबहादुर बोगटी विजयी भएका छन्।
यसैबीच, संखुवासभा–१ मा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले मतगणनामा अग्रता कायम राखेका छन्।

