spot_img

बारामा १२ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

spot_img
spot_img

बीरगन्ज,२७ फागुन । जिल्ला प्रहरी कार्यालय बारा ले नियमित गस्तीका क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार बारा जिल्लाको निजगढ नगरपालिका–११ रतनपुर क्षेत्रबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जनालाई मङ्गलबार नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम रहेका छन्।

प्रहरीले उनीहरूबाट बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय