spot_img

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

spot_img
spot_img

काठमाडौ,२९ फागुन । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड को कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको थियो।

यस आईपीओमा २४ लाख १३ हजार ५१७ जनाले कुल २ करोड ६३ लाख १० हजार ९७० कित्ता सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

बाँडफाँट अनुसार ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यससँगै धेरै लगानीकर्ताले भने आईपीओ हात पार्न सकेनन्, किनकि मागको तुलनामा आवेदन अत्यधिक परेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय