काठमाडौं,०१ चैत । भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
प्रदर्शनमा अग्रभागमा रहेकी रक्षा बमसहितले आयोगको प्रतिवेदन सरकारले हालसम्म सार्वजनिक नगरेको भन्दै आपत्ति व्यक्त गरेकी छन्। उनीहरूले देशका विभिन्न घटनाको छानबिन गर्न समिति बनाइए पनि प्रतिवेदन सार्वजनिक नगर्नु लोकतान्त्रिक अभ्यासको लागि प्रश्नविन्दु भएको बताए।
सरकारले जेनजी आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको थियो। उक्त समितिले आफ्नो अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारले बुझाइसकेको थियो। प्रदर्शनकारीहरूले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्।




