बालेन शाह रास्वपाको अभिमुखीकरणमा सहभागी नहुने

spot_img

काठमाडौँ,०४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूलाई लक्षित गर्दै आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी नहुने भएका छन्। काठमाडौँस्थित एक होटलमा मंगलबारबाट सुरु भएको यो आवासीय कार्यक्रम बुधबार सम्पन्न हुँदैछ। कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, कानुनी अवस्था तथा पार्टीको कार्यदिशाबारे प्रशिक्षण दिइएको छ।

रास्वपाका सभापति रवि लामिछाने भने कार्यक्रमको समापन सत्रमा छोटो समयका लागि सहभागी हुने बताइएको छ। तर, पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाह भने कार्यक्रममा उपस्थित नहुने पुष्टि गरिएको छ।

पार्टी प्रवक्ता मनिष झाले बालेन शाह हाल आगामी सरकार गठनसम्बन्धी तयारीमा व्यस्त रहेको जानकारी दिए। उनका अनुसार, आगामी दिनमा शारीरिक र मानसिक रूपमा सक्रिय हुनुपर्ने भएकाले उनले अभिमुखीकरण कार्यक्रममा सहभागी नहुने निर्णय लिएका हुन्।

प्रवक्ता झाले यसलाई अन्य कुनै अर्थमा नलिन पनि आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय