काठमाडौं,११ चैत । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन तोलामा १४ हजार ६ सय रुपैयाँले बढ्दै २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन सुन २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको थियो। यसअघि लगातार ६ दिनसम्म घटिरहेको सुनको मूल्य सातौँ दिनमा आएर उकालो लागेको महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ, जुन हिजो ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको थियो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो, जसका कारण सुनचाँदीको भाउमा यस्तो वृद्धि देखिएको हो।

