काठमाडौँ,१२ चैत । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य उल्लेखनीय रूपमा घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेर २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै प्रति १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८५५ रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो, जसको तुलनामा आज स्पष्ट गिरावट देखिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १०० रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँ पुगेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १३३ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको देखिन्छ। पछिल्लो गिरावटले उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

