नेप्से ४७ अंकले घट्यो, कारोबार रकम पनि घट्दो क्रममा

spot_img

काठमाडौं,१६ चैत । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.१० अंकले घट्दै २,८३१.३९ बिन्दुमा झरेको छ।
अघिल्लो दिन आइतबार पनि गिरावट देखिएको बजारले सोमबार समेत सोही प्रवृत्ति निरन्तरता दिएको हो। यसदिन सेन्सेटिभ इन्डेक्स ७.९० अंक, फ्लोट इन्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५५ अंकले घटेका छन्।

कारोबार रकम पनि घटेको छ। आइतबार १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार घटेर १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँमा सीमित भएको नेप्सेले जनाएको छ। यसदिन ३४१ स्टकको १ लाख ५९ हजारभन्दा बढी कारोबारमा ३ करोड १६ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।

गिरावटबीच केही कम्पनीका सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भए। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावरका सेयरमा उल्लेखनीय वृद्धि देखिएको छ। सप्तकोशी विकास बैंकको सेयरमूल्य करिब १० प्रतिशतले बढेको छ।

यसैबीच सोलु हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा बढी ७.७९ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहँदा नाग्दी ग्रुप पावर, सिवम सिमेन्ट र अपी पावर कम्पनी पनि उच्च कारोबार भएका कम्पनीमध्ये परेका छन्। १३ वटै उपसमूहको परिसूचक घटेको दिन व्यापार उपसमूह सबैभन्दा बढी २.५६ प्रतिशतले ओरालो लागेको छ।

वित्त र अन्य उपसमूह २ प्रतिशतभन्दा बढीले घट्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा समूहमा पनि गिरावट देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय