काठमाडौँ,१७ चैत । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि तीव्र रूपमा बढ्न थालेको छ। पछिल्लो एक सातामा सुनको भाउ प्रतितोला १६ हजार ३ सय रुपैयाँले बढेको छ।
गत मंगलबार प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा मात्र पनि सुनको मूल्य ६ हजार ७०० रुपैयाँले वृद्धि भएको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनभन्दा १४५ रुपैयाँ बढी हो। एक साताको अवधिमा चाँदीको मूल्य ३४० रुपैयाँले उकालो लागेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण सुनचाँदीको मूल्यमा लगातार वृद्धि देखिएको व्यवसायीहरूले बताएका छन्।

