सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुल्ने

spot_img

काठमाडौँ,१८ चैत । सोपान फर्मास्यूटिकल्स लिमिटेडले वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा बिक्रीमा ल्याउन लागेको हो।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। अब बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

कम्पनीले कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। सोहीमध्ये बाँकी रहेको शेयर सार्वजनिक गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद वैशाख ६ गतेसम्म तोकिएको छ भने पूर्ण आवेदन नपरेमा वैशाख १६ गतेसम्म अवधि थपिनेछ।

आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्लेटफर्मबाट आवेदन दिन सक्नेछन्।

केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ। कम्पनीको आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय