सुन प्रतितोला २ लाख ९७ हजार नाघ्यो

spot_img

काठमाडौँ,१८ चैत । नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुनः तीव्र वृद्धि देखिएको छ। बुधबार सुनको मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढ्दै नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार यही सुन २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा १०० रुपैयाँ बढी हो।

पछिल्ला केही दिनदेखि सुनचाँदीको मूल्य लगातार उकालो लागिरहेको छ। सोमबार सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार २ लाख ८६ हजार रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य बढ्दो क्रममा रहेको छ। हाल एक औँस सुन करिब ४ हजार ७०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी करिब ७५ डलरमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र बढ्दो मागका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको व्यवसायीहरू बताउँछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय