spot_img

पर्सा अदालतमा कानुनी प्रक्रिया पूरा गरी रवि लामिछाने काठमाडौं फर्किए

spot_img
spot_img

बीरगन्ज,१८ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछाने पर्सा जिल्ला अदालतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुधबार काठमाडौं फर्किएका छन्।

सिमरा हुँदै बीरगन्ज पुगेका लामिछाने अदालतमा उपस्थित भई म्याद बुझ्ने प्रक्रिया सम्पन्न गरेका थिए। सबै औपचारिकता पूरा गरेपछि उनी अपराह्न काठमाडौं प्रस्थान गरेका हुन्।

अदालत परिसरमा लामिछानेको उपस्थितिलाई ध्यानमा राख्दै बिहानैदेखि कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी सम्भावित भीड व्यवस्थापन गरिएको थियो।

अदालत पुग्दा उनका समर्थकहरू पनि आसपास क्षेत्रमा भेला भएका थिए। उनी विभिन्न मुद्दासम्बन्धी कानुनी प्रक्रिया पूरा गर्न समय–समयमा अदालतमा उपस्थित हुँदै आएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय