काठमाडौं,१९ चैत । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो।
महासंघका अनुसार प्रति १० ग्राम चाँदीको मूल्य पनि घटेर ४ हजार ९८ रुपैयाँ कायम भएको छ।

