आज देशभर मौसम बदली: ३ प्रदेशमा चट्याङसहित वर्षा

spot_img

काठमाडौं,२१ चैत । देशमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहँदा मौसममा बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका केही पहाडी तथा हिमाली भूभागमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि पहाडी र हिमाली भूभागमा बदली कायम रहनेछ। केही स्थानमा चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले विशेषगरी तराई क्षेत्रमा हावाहुरी र पहाडी क्षेत्रमा चट्याङको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय