सिरहा,२१ चैत । सिरहामा कारले साइकललाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन् ।
धनगढीमाई नगरपालिका–१० आमचौकमा भएको दुर्घटनामा धनगढीमाई नगरपालिका–११ का करिब २५ वर्षीय रविन सदाय घाइते भएका हुन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५२७ नम्बरको कारले साइकलमा सवार उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गम्भीर अवस्थामा रहेका सदायलाई तत्काल स्थानीय आर.के. मेडिसिटीमा उपचारका लागि लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगर रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख सालिकराम तिमिल्सिनाले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार घाइते सदायको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ ।
उक्त कार चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का करिब २६ वर्षीय आकाश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

