ओली र लेखकको हिरासत थप ५ दिन लम्बियो

spot_img

काठमाडौं,२३ चैत । केपी शर्मा ओलीरमेश लेखक को हिरासत अवधि थप पाँच दिनका लागि लम्बिएको छ।

काठमाडौं जिल्ला अदालत ले अनुसन्धानका लागि थप समय आवश्यक ठहर गर्दै दुवै नेतालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो।

जेन–जी आन्दोलनसम्बन्धी घटनाको अनुसन्धानका क्रममा गत चैत १४ गते पक्राउ परेका उनीहरूले चैत १५ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए। सो निवेदनमाथि चैत १६ गते सर्वोच्च अदालत ले सरकारका नाममा ‘कारण देखाउ’ आदेश जारी गरेको थियो।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रकरणमा थप अनुसन्धान जारी रहेको जनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय