काठमाडौं,२४ चैत । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ प्रस्तुत गरिनेछ। यस विधेयकले वैज्ञानिक प्रमाणका आधारमा न्याय प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ पनि बैठकमा पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। यी विधेयकहरूले पर्यटन क्षेत्रको व्यवस्थापन तथा चलचित्र उद्योगलाई कानुनी ढाँचामा थप व्यवस्थित बनाउने लक्ष्य राखेका छन्।
आजको बैठकलाई विधेयक केन्द्रित महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ।

