पूर्वपति पक्राउ परेपछि मुख खोलिन् सविनाले: ‘उषाजी झूटको खेती गरेर अफवाह फैलाउँदै हुनुहुन्छ’

spot_img

काठमाडौं,२५ चैत । पूर्वमिस नेपाल उषा खड्की को उजुरीका आधारमा उनका पूर्वपति जीपी तिमल्सिना पक्राउ परेपछि विवाद थप चर्किएको छ। यसबीच जीपीकी कान्छी पत्नी सविना अधिकारीले पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उषाका आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेकी छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सविनाले उषाले झूट फैलाएर आफूहरूमाथि चरित्रहत्या गर्न खोजेको आरोप लगाइन्। उनले घटनाको वास्तविकता तोडमोड गरिएको दाबी गर्दै उक्त दिन कुनै गम्भीर विवाद नभएको जिकिर गरिन्।

सविनाका अनुसार घटना दिन जीपी आफ्नै घरमा छोरासँग खेलिरहेका बेला गाडीको लाइटका कारण सामान्य भनाभन भएको थियो, जसलाई उषाले अनावश्यक रूपमा ठूलो मुद्दा बनाएको आरोप उनले लगाइन्। साथै, एक व्यक्तिको संलग्नताबारे समेत प्रश्न उठाउँदै उनले जीपीलाई पहिलेदेखि नै धम्की दिने गरिएको दाबी गरिन्।

आर्थिक जिम्मेवारीको विषयमा पनि सविनाले स्पष्ट पार्दै घरको ऋण, बालबालिकाको विद्यालय शुल्कलगायत सबै खर्च जीपीले नै बेहोर्दै आएको बताइन्। उनले यी दाबीहरू बैंक र विद्यालयमार्फत पुष्टि गर्न सकिने उल्लेख गरिन्।

सम्पत्ति विवाद समाधानका लागि आफूहरू तयार रहेको जनाउँदै सविनाले कानुनी प्रक्रिया अनुसार समाधान खोज्न तयार रहेको बताइन्। साथै, घटनासम्बन्धी सीसीटीभी फुटेज र अडियो प्रमाण आफूहरूसँग रहेको भन्दै अब कानुनी बाटोबाट अगाडि बढ्ने संकेत पनि दिएकी छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय