एक वर्षमा ७५४७ विपद् घटना, आगलागी सबैभन्दा ठूलो जोखिम

spot_img

काठमाडौं,२५ चैत । नेपालमा पछिल्लो एक वर्षमा सात हजार पाँच सयभन्दा बढी विपद्का घटना दर्ता भएका छन्, जसले हजारौँ परिवारलाई प्रभावित बनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार गत वैशाखदेखि चैतसम्म ७५४७ विपद्का घटना भएका हुन्।

यी घटनाबाट १३ हजार ५०४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने ४९० जनाको ज्यान गएको छ। साथै, ३८ जना बेपत्ता र १,९६५ जना घाइते भएका छन्।

सबैभन्दा धेरै घटना आगलागीका रहेका छन्। एक वर्षमा मात्रै ३६५२ आगलागीका घटना हुँदा १०४ जनाले ज्यान गुमाएका छन्। आगलागीबाट ५६३ जना घाइते भएका छन् भने ४१८२ परिवार प्रभावित बनेका छन्।

प्राकृतिक विपद्हरूमा बाढी, पहिरो, चट्याङ, हावाहुरी र वन डढेलो प्रमुख रहेका छन्। बाढीका ३२८ घटनामा ३९ जनाको मृत्यु भएको छ भने २७ जना अझै बेपत्ता छन्। त्यस्तै, ६२१ पहिरोका घटनामा ७६ जनाले ज्यान गुमाएका छन्।

चट्याङका ४१९ घटनामा ४८ जनाको मृत्यु भएको छ भने हावाहुरीका ४७७, वन डढेलाका ३२४ र जनावर आक्रमणका ५०९ घटना दर्ता भएका छन्।

प्राधिकरणका अनुसार आगलागी जस्ता धेरै विपद् सामान्य सावधानी अपनाएर पनि रोक्न सकिने भएकाले सचेतना बढाउनु आवश्यक देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय