कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते

spot_img

धनगढी,२५ चैत । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच भएको झडपमा पाँच जना घाइते भएका छन्।

कञ्चनपुर कारागार मा बुधबार दिउँसो दुई समूहबीच विवाद चर्किएपछि झडप भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी खड्कबहादुर खत्री का अनुसार घटनामा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुष बम घाइते भएका छन्।

घाइते सबै झडपमा संलग्न दुवै समूहका कैदीबन्दी रहेको र उनीहरूलाई अहिले उपचारका लागि महाकाली प्रादेशिक अस्पताल मा भर्ना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू लागुऔषध र चोरी मुद्दामा सजाय भोगिरहेका कैदी हुन्। यसअघि पनि सोही समूहबीच विवाद भइसकेको जनाइएको छ।

घटनापछि कारागारमा सुरक्षा व्यवस्था कडा पारिएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय