spot_img

नागढुङ्गा सुरुङमार्गको शुल्क निर्धारण, सवारीअनुसार फरक दर लागु

spot_img
spot_img

काठमाडौं,२७ चैत । काठमाडौंस्थित नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि सरकारले आधिकारिक शुल्क दर सार्वजनिक गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमार्फत सूचना जारी गर्दै सुरुङमार्ग प्रयोगबापत लिइने दस्तुर निर्धारण गरेको जनाएको हो।

मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयका आधारमा शुल्क निर्धारण गरी कार्यान्वयनका लागि सार्वजनिक गरिएको हो। उक्त निर्णय सडक बोर्ड ऐन, २०५८ अन्तर्गत गरिएको हो।

नयाँ दरअनुसार हलुका सवारी साधन—जस्तै कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबस—का लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यसैगरी, मिनीबस, मिनी ट्रक र टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ।ठूला सवारी साधनतर्फ सिङ्गल रियर एक्सल बस तथा ट्रकका लागि प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ लाग्नेछ।

मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि सबैभन्दा उच्च शुल्क निर्धारण गरिएको छ, जसअनुसार प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।

सरकारले सुरुङमार्गको सञ्चालन, मर्मतसम्भार र व्यवस्थापनलाई दिगो बनाउन यस्तो शुल्क व्यवस्था लागू गरिएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय